एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – नेकपा एमालेकाे सचिवालय बैठक सुरु भएकाे छ। बैठक केहीबेर अघि ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएकाे हाे।

बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै सत्तासहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

हिजाे बसेकाे कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको ‍थियाे।