काठमाण्डु – नेकपा एमालेकाे सचिवालय बैठक बालकोटमा जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष ओली,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो।
आइतबार बिहान मात्रै ओली र प्रचण्डबीच एक घण्टा छलफल भएको थियो । फेरि आइतबार साँझ ओलीले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार छिर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाली कांग्रेससँग रुष्ट बनेका प्रचण्ड एमालेसँग मिल्ने तयारीमा छन् । हालको सत्ता गठबन्धनबाट अल्गिएर प्रचण्ड एमालेसँग नयाँ गठबन्धन गर्ने दाउमा छन् । त्यसकारण ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ। हिजाे मात्रै एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो सरकार सरकार बन्नै नहुने भएकाले अब एमालेले सोच्ने बताएका थिए ।




प्रतिक्रिया