एमालेले बोलायो वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक

एमालेले बोलायो वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तासाझेदार प्रमुख दल नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।

शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरिएकाे बताए ।

त्यस्तै पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने समेत बताए । “जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ । त्यसले अनुुुकुलता सिर्जना गरेको छ,” पोखरेलले भने ।

उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा राखिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अरु दललाई पनि आग्रह गरिएको उनले जानकारी दिए ।