एमालेको सचिवालय र नेकपा एसको पदाधिकारी तथा केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको सचिवालय र नेकपा एसको पदाधिकारी तथा केन्द्रीय कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एमालेको सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक पनि आज बस्दैछ ।

पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरूको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।

पार्टीमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ । निर्वाचनका माध्यमबाट पार्टीका १८ पदाधिकारी छनोट गरिएको छ ।