एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने छ ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

यसअघि सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जसपा नेपाल र लोसपासँग छलफल गर्ने निर्णय गरेका छन् ।