एमाले पोलिटब्युरो बैठक बस्दै, विधान प्रस्ताव अनुमोदन गर्ने

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान प्रस्ताव अनुमोदन गर्ने

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को पोलिटब्युरो बैठक शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यस्तै बिहीबार राति सम्पन्न सचिवालयको ४९ औँ बैठकका निर्णयलाई अनुमोदन गर्नेछ ।

बिहीबारको बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेको थियो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा बिहीबार छलफल हुँदा ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भएको थियो ।

पोलिटब्युरो बैठकमा पुनः ती विषयमा छलफल हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने, नदिनेबारे बिहीबार नै विषय प्रवेश भएकले पोलिटब्युरोमा त्यसबारे चर्चा हुन सक्ने छ ।

सचिवालय बैठकमा अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी पार्टी काममा फर्किनेबारे पार्टीलाई औपचारिक जानकारी नदिएको भन्दै जिम्मेवारी दिनेबारे अहिल्यै हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए ।

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्‍याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको छ ।