पार्टी विभाजन रोक्न ओली र नेपाल पक्षका नेताबीच वार्ता

पार्टी विभाजन रोक्न ओली र नेपाल पक्षका नेताबीच वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । उनीहरुले बिहीबार र शुक्रबार ललितपुरको एक होटलमा छलफल गरेको स्रोतले जानकारी दियो ।

बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको र केही दिनमा शीर्ष नेता सम्मिलित संयुक्त बैठक बस्ने जानकारी दिए ।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता सहभागि भएको र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने बताएपनि नेपाल पक्षले आशंका व्यक्त गर्दै आइरहेको छ । नेपाल समूहका केही नेताहरुले प्रधानमन्त्री ओलीले आश्वासन मात्रै देखाएको भन्दै सहमति नभएसम्म एमालेको कुनै पनि बैठकमा सहभागी नहुने अडान लिएका छन् ।

उनीहरुले नयाँ पार्टी खोल्न सुझाव दिएपनि केही नेताहरु पार्टी विभाजन गर्न नहुने पक्षमा छन् । दुवै पक्षका नेताहरु पार्टीलाई फूटबाट जोगाउन आन्तरिक छलफलमा जुटेका हुन् ।