काठमाण्डु – नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गतेका लागि बोलाएको हो ।
महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको बताउँदै उनले आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताए ।
सर्वोच्च अदालतले १० औं महाधिवेशन आयोजक कमिटी अवैध रहेको बताउँदै माधव नेपाल समूहमाथिको कारबाही वैधानिक नभएको बताएको थियो ।




प्रतिक्रिया