एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल समूहलाई पनि निम्तो

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल समूहलाई पनि निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । उक्त बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

आजको बैठकले पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने र अन्तिम निर्णय गर्ने जनाइएको छ । जसमध्ये एमालेको माधव नेपाल पक्षका कारवाहीमा परेका ११ सदस्यबाहेक अरु सदस्यहरुलाई पनि आजको बैठकका लागि निम्तो पठाइएको छ ।

सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो ।

माधव नेपाल पक्ष भने यी प्रक्रियासँग असहमत रहेर समानान्तर पार्टीको अभ्यास गरिरहेको छ ।

एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।

मंगलबार साझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।

आगामी शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ ।