एमाले जेठ २ मा फर्किएपछि ओली र नेपाल समूहका नेता आन्तरिक छलफलमा

एमाले जेठ २ मा फर्किएपछि ओली र नेपाल समूहका नेता आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णयपछि बिहीबार बिहानबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

ललितपुरको एक होटलमा संस्थापन पक्षबाठ उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल रहेका छन् ।

त्यस्तै नेपाल समूहबाट उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र भीम आचार्य र नेता सुरेन्द्र पाण्डे सहभागी रहेको स्रोतले जानकारी दियो ।

बुधबार बालुवाटारमा बसेको एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले एमाले महाधिवेशन आयोजक कमिटी खारेज गरेको थियो ।

त्यस्तै हिजोको बैठकमा माधव नेपाल समूहमाथिका कारवाही खारेज गर्नेसमेत निर्णय गरेको थियो । एमालेलाई एकताबद्ध बनाउन अहिले दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।