काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका नियमित निर्णय र माधव नेपाल–झलनाथ खनाल समूहमाथि थप कारबाही हुने बताइएको छ । नेपाल–खनाल समूहले बिहीबार बुझाएको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएकाले थप कारबाही गर्ने प्रधानमन्त्रीकाे तयारी छ ।
बैठकमा उपनिर्वाचन, प्रदेश सरकार, नेताहरुको कार्यविभाजनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले गत सोमबार ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल समूहलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नदिए आजको बैठकले कारबाही गर्ने बताएका थिए ।
सोहीअनुसार मंगलबार नेपाल समूहका ३२ जना सांसदलाई ‘सांसदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोधेका थिए ।




प्रतिक्रिया