काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही समय बसेर सकिएको हो ।
आजको बैठक पार्टीको विवाद समाधानउन्मुख रहेको बताइएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले पार्टीको विवादकाे टुंगो बिहीबारसम्म लगाउने तयारी भएको जानकारी दिए ।
‘सहमतिको बाटोमा छौं । भोलिसम्म निष्कर्षमा पुग्छौं,’ उनले भने, ‘भोलि टुंग्याउने गरी हामी लागेका छौं ।’
कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।




प्रतिक्रिया