भीम रावलले माधव नेपाललाई भेटेपछि एमाले कार्यदलको बैठक सुरु

भीम रावलले माधव नेपाललाई भेटेपछि एमाले कार्यदलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु भएको हो ।

बैठक अगाडि नेता भीम रावल वरिष्ठ माधव नेपाल भेट्न कोटेश्वर पुगेका थिए । एमाले कार्यदलको बैठक सुरु हुनुअगाडि नेता रावल नेपालसँग भेट गर्न कोटेश्वर पुगेका हुन् ।

रावल कोटेश्वर पुगेपछि कार्यदलको बैठक केही ढिला गरी सुरु भएको हो । आज बिहान ओली पक्षका नेता विष्णु पौडेल र नेपाल पक्षका नेता रावलबीच भेटवार्ता भएकाे थियाे।

एमाले विवाद समाधानका लागि बुधबार राती अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो ।

कार्यदलमा संस्थापनपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका छन् ।