काठमाण्डु — नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ ।
एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले आज पनि पुनः सुरु भएको हो । बिहीबार साँझ बसेको बैठकले एमालेको विवाद टुंगोमा पुग्ने बताइए पनि अझै नेताहरु छलफलमा जुटिरहेका छन् ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारमा वार्ता गर्दै आइरहेको छ ।
कार्यदलमा संस्थापनपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका छन् ।
बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने विश्वास लिएका थिए ।
तर, सोही दिन साँझ बसेको बैठक औपचारिक रुपमा नबसी सकिएको थियो । बैठकबाट बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको बताएका थिए ।




प्रतिक्रिया