एमाले कार्यदलको बैठक सहमतिको अन्तिम विन्दुमा- बैठक भोलि पुनः बस्ने

एमाले कार्यदलको बैठक सहमतिको अन्तिम विन्दुमा- बैठक भोलि पुनः बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले विवाद समाधानका लागि गठित आज बसेको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा आज बसेको एमाले कार्यदलको बैठक सहमति नजिक पुगको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले बताए ।

सो बैठक पछि एमाले सचिव विष्टले लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको बताएका हुन् । उनले भने, ‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं । भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ । औपचारिक दिने काम मात्र बाँकी छ ।’

माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले पनि बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिएका छन् ।