सरकारबाट बाहिरिएपछि पहिलोपटक एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

सरकारबाट बाहिरिएपछि पहिलोपटक एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा पार्टीको एकता, १० बुँदे सम्झौतालगायत समसामयिक विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले काठमाण्डुपाटीलाई जानकारी दिए ।

स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको बैठकसमेत बोलाएका छन् ।

पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने तामाङले जानकारी दिए ।