काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।
केन्द्रीय कमिटीको बैठक अगाडि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र मिलेर ल्याउने अविश्वासको प्रस्ताव र माधव नेपाल समूहमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दियो ।
कांग्रेस र माअोवादी केन्द्रले विशेष अधिवेशनको माग गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।




प्रतिक्रिया