सर्वोच्चको फैसला भण्डाफोर गर्ने एमालेको निर्णय

सर्वोच्चको फैसला भण्डाफोर गर्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले सर्वोच्च अदालतले गरेको फैसलाको भण्डाफोर गर्ने भएको छ । आज नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनादेशबाट आएको सरकारलाई हटाउन गरेको फैसलाको भण्डाफोर गर्ने निर्णय भएको सांसद विशाल भट्टराईले जानकारी दिए ।

माधव नेपाल पक्ष अनुपस्थित रहेको उक्त बैठकले अदालतले प्रधानमन्त्री तोक्ने कार्य संविधान विपरित भएको ठहर गरेको छ । त्यस्तै उनले माधव नेपाल पक्षले आफ्नै पार्टीको सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नु दलिय व्यवस्था विरुद्ध भएको बैठकले निष्र्कष निकालेको उनले बताए ।

उनले भने,“ संसद् पुनःस्थापना भएको भए पनि संसद् विघटन बेठिक थियो भन्ने पुष्टि हुँदा त्यसलाई हामी सहर्ष रुपमा स्वीकाथ्र्यौं । ”