काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार ललितपुरस्थित तुलसी स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा पार्टी एकता, फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।
‘कार्यसूची पठाइएको छैन् । तर, पार्टीलाई धोका दिनेहरुमाथि कारबाही गर्ने सम्भावना छ,’ एक केन्द्रीय कमिटी सदस्यले भने ।
आइतबार नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । २२ मध्ये केही सांसद केपी ओली पक्षका सांसद पनि रहेका छन् ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।




प्रतिक्रिया