काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा १० औं एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
एमालेले आजको बैठकलाई १० औं बैठक भनेको छ । गत असार १८ गतेको केन्द्रीय कमिटी बैठकलाई १३ औं भनिएको थियो । एमाले विवाद समाधान गर्न गठित कार्यदलको सहमतिअनुसार बैठक २०७५ जेठ ३ को निर्णयअनुसार सुरु भएको नेताहरुले बताएका छन् । तर, बैठकमा माधव नेपाल पक्ष अनुपस्थित छ ।
नेपाल पक्षले पार्टीमा सहमति नगरी बैठक नबोलाउन आग्रह गर्दै आएको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा अोलीले बैठकमा आएर आफ्ना असन्तुष्टी राख्न आग्रह गदै आइरहेका छन् ।
२०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग एकताहुनुअघि एमालेको ९ औं बैठक बसेको थियो । सोही,अुनसार आजको बैठकलाई १० औं बैठक भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रतिक्रिया