३२ सांसदले गरेको अपराध अक्षम्य : एमाले

३२ सांसदले गरेको अपराध अक्षम्य : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ३२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अक्षम्य अपराध गरेको बताएको छ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै महासचिव ईश्वर पोखरेलले पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताएका हुन् । ‘पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षी दलका नेतालाई मत दिने काम भयो । यो अक्षम्य अपराध हो,’ उनले भने ।

आइतबार एमालेको माधव नेपाल पक्षका १२ सांसद र केपी ओली पक्षका ८ गरि २२ सांसदले पार्टीको निर्णयविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिएका थिए । त्यस्तै नेपाल पक्षका १० जना सांसदले पार्टीको निर्देशनविपरीत देउवाका पक्षमा मत त हालेनन्, तर उनीहरूले निर्देशनअनुसार देउवाका विपक्षमा पनि मत नहाली संसद् भवनबाटै बाहिरिएका थिए ।

ओली पक्षका प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले देउवालाई विश्वासको मत दिए । यसैगरी नेपाल पक्षका माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले देउवाका पक्षमा मत हालेका थिए ।

तटस्थ बस्नेमा नेपाल पक्षका सांसदहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा, झपट रावल र नारायण खतिवडा रहेका थिए ।