२२ जना सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको तयारी

२२ जना सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत हाल्ने २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

सोमबार ललितपुरको तुलसी स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन विपरित देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने तयारी गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरुले पार्टीलाई धोका दिनेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।