काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज दिउँसो ३ बजे बैठक बोलाइएको एमाले सचिव शेर बहादुर तामाङले जानकारी दिए । एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने उनले जनाए ।
सोमबार बसेको बैठकले पार्र्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरुले पार्टीलाई धोका दिनेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया