काठमाण्डु- एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएकाे छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा मंगलबार एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक पनि सुरू भएकाे हाे ।
साे बैठकमा अध्यक्ष ओलीको सम्बोधन, विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति प्रस्तावको अनुमोदन, अनुशासन विपरीत काम गर्नेसँग स्पष्टीकरण, प्रदेशमा पार्टी अवस्था, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, ओली नेतृत्वको सरकारको समीक्षा र पार्टीको आगामी भूमिकालगायतका कार्यसूचीमा छलफल हुने जनाइएकाे छ ।
सोमबार बसेको बैठकले पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् ।




प्रतिक्रिया