एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो ३ बजे सो बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

उनका अनुसार असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो ।