एकता प्रयासका लागि एमाले स्थायी कमिटी बैठक स्थगित

एकता प्रयासका लागि एमाले स्थायी कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित कार्यदलका सदस्यहरुको आग्रहपछि आइतबार बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

आज दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको थियो तर बैठक बस्नुअघि विघटित कार्यदलका सदस्यहरु छलफलमा जुटेका थिए ।

अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले आजको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न कार्यदलका सदस्यहरुले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । कार्यदलको आग्रहपछि बैठक स्थगित गरिएको नेता नेम्वाङले बताए ।