काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो ३ बजे ललितपुरकाे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।
कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जानकारी दिए ।
शनिबारका लागि बोलाइएको बैठक माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन भन्दै स्थगित गरिएको थियो । विघटित कार्यदलका सदस्यहरुले अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले शनिबारको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, अब नेपाल समूहलाई नपर्खिन सचिव तामाङले जानकारी दिए ।




प्रतिक्रिया