काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसी प्रतिष्ठानको बैठकमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित छन् । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित भएको छ । शनिबारका लागि बोलाइएको बैठक माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन भन्दै स्थगित गरिएको थियो ।
विघटित कार्यदलका सदस्यहरुले अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले शनिबारको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।




प्रतिक्रिया