स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय

स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि समयसीमा तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले बताए ।

त्यसैगरी विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको उनले जनाए ।

आज बसेको बैठक सोमवार फेरि बस्ने गरि सकिएको हाे । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएनन् ।