विघटित एमाले कार्यदलका सदस्य आन्तरिक छलफलमा, आजै निष्कर्षमा पुग्ने

विघटित एमाले कार्यदलका सदस्य आन्तरिक छलफलमा, आजै निष्कर्षमा पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकाे विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहानैबाट विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुटेको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार आज साँझसम्म नतिजा निस्किने गरी उनीहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

‘बिहानैबाट गहन रुपमा वार्ता भइरहेको छ । सम्भवतः आज साँझसम्म हामी कुनै निकर्षमा पुग्छौं,’ कार्यदलका एक सदस्यले भने ।

विघटित कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले नेपाल समूहको आग्रहका कारण केन्द्रीय कमिटीको बैठक रोकिएको जानकारी दिए ।

उनले आजका लागि बोलाइएको बैठक नेपाल समूहको आग्रहका कारण स्थगित गर्नुपरेको बताए । सचिव तामाङले भोली बोलाइएको बैठकमा नेपाल समूह नआउनुको विकल्प नभएको बताए ।

‘आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित गरिएको हो । भोली बैठकमा उहाँहरु आउनुपर्छ । नआएको खण्डमा छुट्नुहुन्छ,’उनले भने ।