महाधिवेशनमा केन्द्रित हुंदै एमाले : स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

महाधिवेशनमा केन्द्रित हुंदै एमाले : स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले) को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजेका लागी बोलाइएको छ ।

आजको बैठक एमालेको १० औं महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका छन् । त्यसपछि दिउंसो ३ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आजको बैठकमा महाधिवेशन केन्द्रीत छलफल हुने जानकारी दिए ।

एमालेमा संस्थापन पक्ष र वरिष्ठ नेता माधव नेपाल समुहबीच बिवाद कायमै छ । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने सम्भावना कम छ ।

एमालेको विधान संशोधन दस्तावेज स्थायी समितीमा पेश हुने र त्यहांबाट अनुमोदन भएपछि केन्द्रीय समितीमा पेश गर्ने कार्यसूचि रहेकोे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।