काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।
आजको बैठक पार्टीको १० औं महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आजको बैठकमा महाधिवेशन केन्द्रीत छलफल हुने जानकारी दिए ।
एमालेको विधान संशोधन मस्यौदा प्रस्ताव स्थायी समितिबाट पारित गर्ने र त्यहांबाट अनुमोदन भएपछि केन्द्रीय समितिमा पेश गर्ने कार्यसूची रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । दिउंसो ३ बजे केन्द्रीय कमिटीको बैठक बाेलाइएकाे छ।




प्रतिक्रिया