विधान संशोधन मस्यौदा प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमालेकाे निर्णय

विधान संशोधन मस्यौदा प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमालेकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सकिएको हो ।

बैठकले एमालेको विधान संशोधन मस्यौदा प्रस्ताव पारितका लागि केन्द्रीय कमिटीमा लौजाने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । अब उक्त प्रस्ताव केन्द्रीय समितिमा पेश हुनेछ । केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ ।

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित भएको छ । एमालेलाई एकताबद्ध बनाउनुपर्ने अडानमा रहेको नेपाल पक्षले पार्टीका बैठकहरु बहिस्कार गर्दै आइरहेको छ ।