पार्टी विभाजनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी विभाजनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी विभाजन भएपछि पहिलो पटक बस्न लागेको बैठकले स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न कार्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै पार्टिको गतिविधिबारे जानकारी गराउन भदौ १६ देखि २० सबै जिल्लामा कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला गर्ने निर्णय गरेको छ ।