काठमाण्डु- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बिहीवार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा पार्टी विभाजन भएपछि पहिलो पटक बसेको बैठकले स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।
त्यसैगरी बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिए ।
हिजोको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न कार्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया