काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकका रणनीतिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको हो ।
बुधबार बिहान संघीय संसद भवनमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले संसदमा प्रतिपक्षको हैसियतले एमालेले खेल्ने भूमिकाकाबारेमा जानकारी गराउनेछन् ।
एमाले संसदीय दलकाे बैठकले सभामुख अग्नि प्रसाद सापकोटाले १४ जना सांसदलाई कारबाहीका लागि सिफारिस गरे पनि अस्वीकार गरेको विषयमासमेत छलफल हुने र साेही अनुसार संसदमा प्रस्तुत हुनेबारे छलफल हुनेछ ।
सापकाेटाले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेर पार्टीप्रति प्रतिबद्ध रहेको र सभामुखको भूमिका निष्पक्ष रूपमा निर्वाह नगरेको एमालेले बताउँदै आएको छ । आजको संसद बैठकमा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै संसद अवरुद्ध गर्ने सम्भावना रहेको छ ।




प्रतिक्रिया