एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बसिरहेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भए पनि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित छन् ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो ।