काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुन बस्नेगरि स्थगित गरिएको छ । बिहान १० बजेबाट तुलसीलाल स्मृति प्रतिस्ठानमा सुरु भएको बैठक विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूका बारेमा छलफल नसकिएकोले बैठक पुन दिउँसो ३ बजे बस्ने गरेर स्थगित भएको हो ।
बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएपनि त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित नभएकाले अन्तरिम व्यवस्था गर्न लागिएको उनको भनाइ छ । त्यस्तै नेता भट्टराईले एमालेको विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको बताए ।
उनले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जानकारी दिए ।




प्रतिक्रिया