काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा आजदेखि सुरु भएको बैठकमा विधान महाधिवेसनमा प्रस्तुत गर्ने ३ वटा प्रतिवेदनमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने अनुपस्थित छन् । उनले बुझाएको राजीनामा हालसम्म स्वीकृत भएको छैन ।
केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।




प्रतिक्रिया