तीन वटा प्रस्ताव पारित गर्दै एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदै

तीन वटा प्रस्ताव पारित गर्दै एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदैछ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै महाधिवेशन अन्त्य हुने एमालेले जनाएको छ ।

बिहान साढे ८ बजेबाट सुरु भएको बन्दशत्रमा हिजो सुझाव पेश गर्न बाँकी रहेका ५ वटा समूहका टोली नेताले विभिन्न प्रतिवेदनमाथी समूहगत छलफलमा उठेका सुझाव पेश गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथी छलफल गर्न १० वटा समुह बनाइएको थियो ।

हिजो १० वटा समूहमध्ये ५ वटा समूहका टोली नेताले सुझाव दिएका थिए । आज प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट सुझाव दिने बताइएको छ ।

समूहगत छलफलका क्रममा आएका सुझावबारे प्रतिवेदन प्रस्तुतकर्ताहरुले स्पष्ट पार्ने जनाईको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने भएको छ ।

गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। जवाफ दिएर आजै महाधिवेशन सक्ने एमालेको तयारी छ।