माधव नेपालको विरोधका बाबजुद कार्यदल सदस्य स्थायी कमिटी बैठकमा जाने

माधव नेपालको विरोधका बाबजुद कार्यदल सदस्य स्थायी कमिटी बैठकमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका माधव नेपाल समूहका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् । शुक्रबार बिहान नेपाल समूहका कार्यदल सदस्यहरुबीच भएको भर्चुअल बैठकमा स्थायी कमिटी बैठकमा सहभागी हुने निर्णय भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालको विरोधका बाबजुद पनि नेपाल पक्षका कार्यदल सदस्ययहरु बैठकमा उपस्थित हुने भएका हुन् । नेता नेपालले बैठकमा नजान आग्रह गरेका थिए । तर, उनीहरुले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने बताएका छन् ।

कार्यदल सदस्यहरुले स्थायी कमिटी बैठकमा उपस्थित भएर आफ्ना असन्तुष्टी र फरक मत राख्ने नेपाल पक्षका एक कार्यदल सदस्यले जानकारी दिए ।

नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष सल्लाहमा स्थायी समिति बोलाउन आग्रह गर्नेछन् ।  आजको एमाले स्थायी समिती बैठकले १० बुँदे सहमति अनुमोदन गर्ने सम्भावना रहेको छ ।

नेपाल पक्षको कार्यदलमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे रहेका छन् ।