एमाले बैठक : १० बुँदे कार्यान्वयनका विषयमा ओली र रावलबीच चर्काचर्की

एमाले बैठक : १० बुँदे कार्यान्वयनका विषयमा ओली र रावलबीच चर्काचर्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमा रावलले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि पार्टी अध्यक्ष ओली र रावलबीच चर्काचर्की भएको हो ।

बैठकमा ओलीले रावललाई तपाईले नसकेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको भन्दै पार्टीभित्रको समस्याका विषयमा पार्टी कमिटी बैठकभित्रै छलफल हुने जवाफ दिएका थिए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । उनीहरु बीचमा भनाभन चर्किएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अृमत कुमार बोहराले शान्त बनाएका थिए ।