धनगढी–एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको आजको बैठक स्थगित भएको छ । एमालेको पार्टी विधान अनुसार भन्दै नेकपा (एमाले) का प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बैठक बोलाएका थिए । नेकपा एमालेका नेता एवंम् प्रदेश सांसद झपड बोहराले सांसदहरु होलीको कार्यक्रममा विभिन्न जिल्ला पुगेकाले बैठक स्थगित भएको बताए । उनले चांडै नै संसदिय दलको बैठक बस्ने जानकारी दिए ।
दलको विधान तर्जुमा नभएको वर्तमान अवस्था र हाल उत्पन्न विशिष्ठ परिस्थितिमा केही महत्वपूर्ण वैठक गर्नु पर्ने भएको भन्दै थापाले सांसदहरुलाई पत्र लेखेरै सोमबार (आज) दिउँसो १ बजे बैठकमा आउन आग्रह गरेका थिए ।




प्रतिक्रिया