एमाले बैठक लम्बियो, नेताहरुको सुझावमाथि ओलीले आइतबार जवाफ दिने

एमाले बैठक लम्बियो, नेताहरुको सुझावमाथि ओलीले आइतबार जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि पुनः बस्ने गरी सकिएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठक भोलि पुन ११ बजे बस्नेगरि सकिएको हो ।

शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट प्राप्त सुझाव प्रस्तुत गरेका छन् ।

जसमा नेताहरुले पार्टीमा ७ जना उपाध्यक्ष, ७ जना सचिव राख्नुपर्ने, एमालेमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने लगायतका सुझाव दिएका छन् ।

आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको र भोलि ११ बजे फेरि बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।