समानुपातिकतर्फ एमाले पहिलो, माधव नेपालको पार्टीको मत सिके रावतभन्दा पछाडी


काठमाण्डु-  नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको छ । अहिलेसम्म ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा एमालेले २५ लाख ७० हजार १४२ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस रहेका छ । प्रत्यक्षमा पहिलो बनेको कांग्रेसले समानुपातिकतर्फ २४ लाख ३८ हजार ६४४ मत प्राप्त गरेको छ ।

तेस्रोको लागि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिव्र प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलबीच उछिनपाछिन चलिरहेको छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गरेको छ भने स्वतन्त्रले १० लाख ७० हजार २५३ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथोमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएर पाँचौंमा छ ।

जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत पाएको छ भने जनमत पार्टीले २ लाख ८७ हजार ५०५ मत पाएको छ ।

त्यसैगरी समानुपातिकमा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement