एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक स्थगित गरिएको हो ।

एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। तर सत्तापक्षले उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउँदै आइरहेको छ।