सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै एमालेको बन्दसत्र हल अगाडि नाराबाजी

सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै एमालेको बन्दसत्र हल अगाडि नाराबाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – सौरहास्थित एमालेको १० औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ ।

शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ । नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

एमाले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा छ तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन् ।