गठबन्धनले खिमलाललाई राष्ट्रियसभाको उम्मेद्वार बनाएपछि एमालेले मत विश्लेषण गर्ने, बादलको टुंगो लागेन

गठबन्धनले खिमलाललाई राष्ट्रियसभाको उम्मेद्वार बनाएपछि एमालेले मत विश्लेषण गर्ने, बादलको टुंगो लागेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभाके उपनिर्वाचनमा आफ्ना उम्मेद्वारको जित सुनिश्चित हुनेगरी छलफललाई तिव्रता दिने भएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने उपनिर्वाचनमा जित सुनिश्चितताका लागि छलफल गर्ने भएको हो । एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरे पनि आजको बैठकले टुंगो लगाउन नसकेको हो ।

नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बैठकमा एमालेको जीत सुनिश्चित हुनेगरी तयारी गर्ने निर्णय गरेको जानकारी दिए ।

आजको बैठकले उम्मेद्वार तय गर्न नसकेको र केही दिनभित्रै उम्मेद्वार तय गर्ने उनले जानकारी दिए । एक दुई दिनभित्र मत विश्लेषण गरेर मात्रै उम्मेद्वार तय गर्ने निर्णय भएको बताइएको छ ।

साथै बैठकमा वैशाख २७ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारीका बारेमा समेत छलफल भएको उनले बताए ।

‘विश्वासको मतको सन्दर्भमा छलफल गरेका छौं, विश्वासको मत प्राप्त गर्नेगरी छलफललाई अझ तीव्र बनाउँछौं,’ प्रवक्ता ज्ञवालीले भने ।

राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री बादलविरुद्धमा चार दलले साझा उम्मेद्वार बनाएका छन् । बादलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन बनाएका हुन् ।

दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने भएको हो ।

गठबन्धनको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सारिएको छ । माधव नेपाल समूह निकट रहेका डा. देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् ।

वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।