काठमाण्डु – नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारबाही गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशका चार जना सांसदलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जनालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
कारबाहीमा पर्नेहरूमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही रहेका छन् । उनीहरू सबै माधव नेपाल पक्षका सांसद हुन् ।
फ्लोर क्रस गरेका चार मध्य तीन जना सांसद मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका छन् । शाही नेतृत्वको सरकारमा थापा, बुढा र शाही मन्त्री बनेका छन् ।




प्रतिक्रिया