काठमाण्डु – नेपाल एमालेले माधव नेपाल पक्षले बोलाएको भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत ४ र ५ गते एमालेले राष्ट्रिय भेला आयोजना नगरेको स्पष्ट पार्दै उक्त भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् ।
‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहिन गुटगत भेलामा सहभागी नहुन एमाले सबै नेता कार्यकताहरुलाई विशेष निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
उनले उक्त भेलामा सहभागी भए संविधान, पार्टी र संसदीय दलको विधानअनुसार कारबाही हुने चेतावनी दिएका छन् । नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ ।





प्रतिक्रिया